काठमाडौँ । आगामी आर्थिक वर्षभित्र कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी रहेका क्षेत्रमा विद्युतीकरण गरिने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षमा कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी क्षेत्रमा विद्युतीकरण गरिने जानकारी गराए ।
उनले राष्ट्रिय विद्युत् प्रणालीमा नजोडिएका र विद्युत्को पहुँच नपुगेका क्षेत्रमा लघु तथा साना जलविद्युत् सौर्य एवं वायु ऊर्जा प्रविधिमार्फत विद्युतीकरण गरिने बताए ।
विद्युत् वितरण सबस्टेसनहरूलाई स्वचालित बनाइने र स्थानीय तहसमेतको समन्वयमा स्मार्ट मिटर वितरण गरिने पनि सरकारको नीति रहेको उनले उल्लेख गरे । हेटौँडा, ढल्केबर, इनरुवा प्रसारण लाइनको निर्माण सम्पन्न गरिने पनि जनाइएको छ ।
प्रकाशित मिति : २०८१ जेठ १ गते मंगलबार