२०८३ वैशाख २६ , शनिबार

माओवादीका नगर कमिटी सदस्यसहित पुरै गाउँ एमाले प्रवेश

नव प्रवेशीलाई एमाले नेता कँडेलले स्वागत गरे


वीरेन्द्रनगर १२ काे पिपिरा टाेलवाट नेकपा माअाेवादी केन्द्र वीरेन्द्रनगर नगर कमिटी सदस्य कर्णवहादुर नेपालीसहित ४० जना माअाेवादी कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन्।

पार्टी सुदृढीकरण तथा संगठन विस्तार अभियान अन्तर्गत अाज(शुक्रबार) उक्त टाेलवाट माअाेवादी कार्यकर्ताहरु प्रवेश गरेकाे नेकपा एमाले सुर्खेत जिल्ला कमिटी सदस्य पूर्णप्रसाद पाैडेलले जानकारी दिए। नव प्रवेशीहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेश सह- संयोजक यमलाल कँडेलले स्वागत गरेका थिए। पार्टी प्रवेश कार्यक्रमलाई संवाेधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कँडेलले देशभर एमाले पार्टी प्रती अाकर्षण वढिरहेकाे वताए।

एमाले पार्टीले लिएको नीति र विचारका कारण एमाले पार्टी देशकै १ नंवर पार्टी वनेकाे र अागामी निर्वाचनमा एकल वहुमत ल्याउने दावी गरे। कम्युनिस्ट पार्टीका बाकस धेरै भएकाेले जनमत हुँदाहुँदै पनि निर्वाचनमा अपेक्षित परिणाम ल्याउन नसकिएकाे उनलेे स्वीकार गरे। कांग्रेसकाे पछि लागेर कम्युनिस्ट वन्न नसकिने तर्क गर्दै कर्णाली प्रदेश सभा सदस्यसमेत रहेका कँडेलले प्रचण्ड र माधवकुमार नेपाल कम्युनिस्ट नै नभएको दाबी गरे।

शेरवहादुरकाे पछि लाग्नै थियाे भने किन कम्युनिस्ट पार्टी खाेलेकाे भन्दै उनले माधव प्रचण्डलाई प्रश्न गरे। उनलेे देशमा एमाले र केपी अाेलीविरुद्धमा सवै पार्टी एक ठाँउमा रहेको वताउँदै एमालेले निर्वाचन जित्ने प्रष्ट अाधार यसैले तय गरेको वताए।

नेकपा एमालेकाे पकेट वडाकाे रुपमा रहेको वीरेन्द्रनगर १२ वाट गत स्थानीय तहकाे निर्वाचनवाट निर्वाचित वडा अध्यक्ष लाेकप्रसाद चालिसे नेकपा समाजवादी पार्टीमा गएपनि वडामा कुनै फरक नपरेको र ठूलो संख्यामा अन्य पार्टीवाट एमालेमा प्रवेश गरिरहेकाे एमाले वडा कमिटी अध्यक्ष चूडामणि चपाईले दाबी गरे। गत स्थानीय तहकाे निर्वाचनमा उक्त वडामा नेकपा माअाेवादी केन्द्रले ६ सय, एमालेले १ हजार ५ सय र नेपाली कांग्रेसले ८ सयकाे हाराहारीमा मत ल्याएका थिए।

एमाले वडा कमिटी अध्यक्ष चूडामणि चपाईकाे अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य खड्कवहादुर खत्री लगायतका नेताहरुकाे उपस्थिति रहेको थियाे।

प्रकाशित मिति : २०७८ कात्तिक २६ गते शुक्रबार