जाजरकोटका तीन पालिकामा टेलिफोन सेवा अवरुद्ध

खबरदृष्टि सम्वाददाता २४ असार २०८१, आईतवार १९:५७

सुर्खेत । जाजरकोटको तीन स्थानीय तहमा टेलिफोन सेवा अवरुद्ध भएको छ । शुक्रबार रातिदेखि निरन्तर पानी परेका कारण नेपाल टेलिकमको टावरले काम गर्न छाडेपछि जिल्लाका तीन स्थानीय तह सञ्चारविहीन भएका हुन् ।

सोलारले काम गर्न छाडेपछि शिवालय, कुशे र जुनिचाँदे गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम जाजरकोट शाखाका इन्जिनियर भिमसेन विश्वकर्माले जानकारी दिए । उनका अनुसार सोलारबाट जडान गरिएका टावरहरुमा पावर नपुगेपछि सेवा अवरुद्ध भएको हो ।

उनले कुशे र जुनिचाँदेमा आइतवार र शिवालयमा शनिवारदेखि टेलिफोन सेवा अवरुद्ध भएको बताए । ‘यी तीन पालिकामा सोलारको पावरले काम गर्न छोडेपछि टेलिफोन सेवा अवरुद्ध भएको छ । अब घाम लागेपछि मात्रै पावर आउने हो । कि त जेनेरेटर लिएर जडान गर्नुपर्‍यो । त्यो भन्दा अरु विकल्प केही छैन,’ उनले भने ।

दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएपछि टाढाका आफन्तसँग टेलिफोनमा कुराकानी गर्न नसकिएको शिवालय गाउँपालिकाका स्थानीय टेकबहादुर रोकायले बताए । नेपाल टेलिकमले काम गर्न छाडेपछि त्यहाँका नागरिकहरुले प्रत्येक वर्ष बर्खायाममा समस्या भोग्दै आउनुपरेको छ ।

Next Post

हुम्लाको सर्केगाडका तत्कालीन अध्यक्ष र उपाध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२४ असार २०८१, आईतवार १९:५७
हुम्ला । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष कृष्ण रोकाया, तत्कालीन उपाध्यक्ष जोसी धामीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार गाउँपालिकाका तत्कालीन […]

सम्बन्धित समाचार

December 2024
M T W T F S S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031