बीरेन्द्रनगर नगरपालिका वडा नं १२ चनौटेमा एकजनालाई खुकुरी प्रहार गरि घाइते वनाईएकाे छ। भेरिगंगा नगरपालिका वडा नं १३ बस्ने बर्ष २७ का कर्णबहादुर रसाईली धारिलो हतियार प्रहारवाट घाईते भएका हुन् । घाईतेको स्थानीय नर्सिङ होममा उपचार भईरहेको छ । घाईतेको अवस्था गम्भिर रहेको प्रहरीले जनाएकाे छ ।
हतियार प्रहार गर्ने वीरेन्द्रनगर नगरपालिका वडा नं१२ बस्ने बर्ष १७ का अर्जुन बि.क. र साेही ठाउँका बर्ष १९ का रामपूर्ण रानामगरलाइ एक थान खुकुरी सहित नियन्त्रणमा लिईएको छ । अर्का एक अाक्रमणकारी फरार भएकाे कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ । फरार व्यक्तिकाे खोजी भइरहेकाे प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७८ माघ २८ गते शुक्रबार