२०८३ वैशाख २६ , शनिबार

व्याज वढ्ने भन्दै महासंघ चिन्तित



  निक्षेपमा ब्याजदर वृद्धि गर्ने बैंक तथा वित्तीय संस्थाहरूको निर्णयबाट नेपालका निजी क्षेत्रमा तनाव थपिएको छ ।

निजी क्षेत्रहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आजै एक विज्ञप्ति जारी गर्दै निक्षेपमा ब्याज वृद्धिको निर्णयबाट उद्योग व्यवसाय क्षेत्र थप सशंकित भएको जनाउ दिएको छ । साथै महासंघले ब्याजदर वृद्धिको निर्णय स्थगन गर्न समेत आग्रह गरेको छ ।

बैंकिङ क्षेत्रबाट उद्योग व्यवसायलाई पूर्ण रुपमा सञ्चालन गर्ने कार्यमा सहयोगको अपेक्षा भइरहेको अवस्थामा निक्षेपमा ब्याज वृद्धिको निर्णयबाट उद्योग व्यवसाय क्षेत्र थप सशंकित भएको भन्दै महासंघले उक्त निर्णय कार्यान्वयन नगर्न बैंकरहरूलाई आग्रह गरेको हो ।

प्रकाशित मिति : २०७८ माघ २८ गते शुक्रबार