जाजरकोट रिम्ना मेलामा चिनजानपछि ४९ वर्षीया महिला र २३ वर्षीय युवाबीच प्रेम, विवाहको दबाबपछि हत्या

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता २७ श्रावण २०८१, आईतवार १८:१९

सुर्खेत । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–४ लामचौरकी ४९ वर्षीया सुशीला मल्लको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सुशीलाको हत्या आरोपमा रुकुम पश्चिम चौरजहारी नगरपालिका–११ माथिल्लो सकेंना बस्ने २३ वर्षीय प्रेम मल्ललाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

गत शुक्रबार सुशीला आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीका अनुसार घाँटीमा सल बेरिएको अवस्थामा घाँटी, निधार र अन्य शरीरको भागमा चोटपटक लागेको अवस्थामा उनको शव बरामद गरिएको थियो । मृतक सुशीला र प्रेमबीच डेढ वर्ष अगाडि जाजरकोट रिम्ना मेलामा चिनजान भएको र त्यतिबेला फोन नम्बर साटासाट गरेर बेला–बेला भेटघाट हुने गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

सोही क्रममा साउन २१ गते सोमबार प्रेम भेटघाटका लागि सुशीलाको घरमा आएका थिए । उक्त रात दुवै जना सँगै बसेको र साउन २२ गते मंगलबार बिहानै उठेर दुवै जना रिम्ना बजार गएर घुमेको प्रहरीले बताएको छ । सो रात पनि दुवै जना सुशीलाकै घरमा आएर बसेको र राति १२ बजेतिर सुशीलाले आफूहरुको सम्बन्धबारे घरमा र गाउँघरका मानिसहरुलाई थाहा पाइसेकको बताउँदै प्रेमलाई आफूसँग विवाह गर्न भनेपछि प्रेमले विवाह गर्न सक्ने अवस्था नभएको बताएर मार्ने मनसाय बनाएर फलामको तावा, सिलौटोलगायतका घरेलु हतियारले प्रहार गरेर सलले घाँटी बाँधेर हत्या गरेको खुलेको प्रहरीले बताएको छ ।

सोधपुछका क्रममा प्रेमले घटनापश्चात मृतक सुशीलाको मोबाइल साथमा लिइ आफ्नो कोठामा लुकाएर राखेको बताएपछि प्रहरीले सो मोबाइल पनि बरामद गरेको छ । प्रेमविरुद्ध कर्तव्य ज्यान मुद्दामा रुकुम जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Next Post

भेरीगंगामा भ्यानले बोलेरोलाई ठक्कर दिँदा चार जना घाइते

२७ श्रावण २०८१, आईतवार १८:१९
सुर्खेत । भेरीगंगामा भ्यानले बोलेरो जिपलाई ठक्कर दिँदा चार जना घाइते भएका छन् । भेरीगंगा–नगरपालिका १२ मसिनास्थित रत्नराजमार्ग सडकमा वीरेन्द्रनगरबाट छिन्चुतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ज ००७१ युनिक भ्यानले सोही दिशातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०१३६ नम्बरको बोलेरो गाडीलाई आइतवार दिउँसो ठक्कर दिँदा चारजना घाइते भएका हुन् […]
September 2025
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
2930