वीरेन्द्रनगरमा बालबालिकाको कानमा लगाएको सुन चोरेर भाग्ने एक जना पक्राउ

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता २७ श्रावण २०८१, आईतवार १९:०५

सुर्खेत । वीरेन्द्रनगरका विभिन्न ठाउँमा कानमा लगाएका सुन चोर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर–१ बाँगेसिमल सुर्खेतका सञ्जय टमटा रहेका छन् । अभिभाववको उजुरीका आधारमा सुर्खेत प्रहरीले बालकालिकाहरुका कानमा लगाएका सुन लुछ्दै फरार हुने ति व्यक्तिलाई वीरेन्द्रनगर–३ एरिचोकबाट पक्राउ गरेको हो ।

पक्राउ परेका टमटाले वीरेन्द्रनगरका एरिचोक, फोरलेन सडक र भैरवस्थान लगायतका ठाउँमा खेलिरहेका र स्कुल जाँदै गरेका बालबालिकाको कानमा लगाएको सुन लुछ्दै भाग्ने गरेका थिए । उनलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेर अनुसन्धान थालेको छ । सुन चोरी गर्नेमा उनीहरुको टोली नै रहेको प्रहरीको आशंका छ ।

Next Post

बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते

२७ श्रावण २०८१, आईतवार १९:०५
भरतपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–५ स्थित पम्फा पुलमा बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते भएका छन्। काठमाडौंबाट धरानतर्फ जाँदै गरेको बा प्र०१–००६ख ४७९९ नम्बरको बस र सोही दिशाबाट जाँदै गरेको ना६ख ५९२७ नम्बरको ट्रक एकआपसमा आज बिहान ठोक्किँदा बसमा सवार १० घाइते भएका हुन्। घाइतेमध्ये सातजनाको अवस्था […]
September 2025
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
2930