२०८३ जेठ २० , बुधबार

गौरीसल्ला जिप दुर्घटना अपडेट :  थप एकको मृत्यु



सुर्खेत । हुम्लाको चंखेली गाउँपालिका–२ गौरीसल्लामा भएको दुर्घटनाका थप एकजना घाइतेको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ वर्षीय रमेश मल्ल रहेका छन् ।

गम्भीर घाइते भएका रमेश मल्लसहित चार जनालाई बुधबार सिम्रिक एयरको हेलिकप्टोरमार्फत प्रदेश अस्पताल ल्याइएको थियो । मल्लको उपचारका क्रममा सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे ५ ।

दुर्घटनामा घाइते भएका ७ जनामध्ये तिलबहादुर शाही, चंखेली गाउँपालिका–२, सुरेन्द्रबहादुर शाही, र छायाँनाथ रारा नगरपालिका–१३, का रमेश मल्ल, र पृथ्वी रावतलाई थप उपचारका लागि सुर्खेत ल्याइएको हो । गौरीसल्लाबाट देउली बजारतर्फ जाँदै गरेको कर्णाली प्रदेश २००च०९२२ नम्बरको जिप दुर्घटना भएको थियो ।

प्रकाशित मिति : २०८१ भदौ ६ गते बिहीबार