सुर्खेत । उच्च अदालत सुर्खेतले मध्यपश्चिम विश्वविद्यालयमा २८ भदौमा हुने हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनविरुद्ध परेको रिट खारेज गरेको छ । यो रिट २७ भदौमा दायर गरिएको थियो । जसमा ३० असारमा प्रकाशित मतदाता नामावलीमा आफ्नो नाम नसमेटिएको भन्दै उच्चमा निवेदन दिइएको थियो ।
रिटमा बीएस्सी बायोलोजी समूहको पाँचौँ सेमेस्टरमा अध्ययनरत रन्जित विक, भरत बुढाक्षेत्री, कृष्णप्रसाद अधिकारी र सन्तोष चौधरीले मतदान प्रक्रिया रद्द गर्न अन्तरिम आदेशको माग गरेका थिए । विश्वविद्यालयको कार्यकारी परिषद्लाई विपक्षी बनाई दायर गरिएको यो रिटको सुनवाइ गर्दै उच्च अदालतले आइतबार दुवै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको थियो ।
आइतबारको छलफलपछि उच्च अदालत सुर्खेतका न्यायाधीशद्वय लोहितचन्द्र शाह र माधव धितालको संयुक्त इजलासले उक्त रिट खारेज गर्ने निर्णय गरेको हो । उच्च अदालतले निर्वाचन कार्यतालिकाअनुसार सार्वजनिक भएको अन्तिम नामावलीमा तोकिएको समयभित्र दाबी विरोधको निवेदन पेश नगरेको पाइएपछि रिट खारेज गरिएको हो । यस निर्णयसँगै स्ववियु निर्वाचनका सबै प्रक्रिया अब अगाडि बढ्नेछन् ।
भोलि हुने भनिएको मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित