२०८३ वैशाख २८ , सोमबार

माइक्रो गाडी दुर्घटना : प्रहरी वरिष्ठ हवल्दार विकसहित ६ जना घाइते



सुर्खेत । दाङको तुलसीपुर विद्युतीय माइक्रो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । आइतबार बिहान तुलसीपुरबाट रुकुम पश्चिम जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज ७७२ नम्बरको विद्युतीय माइक्रो गाडी तुलसीपुर उपमहानगरपालिका–७ डाँडापातुवा सडकमा अनियन्त्रित हुँदा ६ जना द्धाइते भएका हुन् ।

गाडी सडकमा अनियन्त्रित भई स्थानीय खिमबहादुर मल्लको घरमा छिरेको प्रहरीको भनाइ छ । दुर्घटनामा परी माइक्रो चालक, त्यसमा सवार यात्रु र डेरामा बसेकाहरू घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता इन्स्पेक्टर प्रकाश थापाले जानकारी दिए ।

उनकाअनुसार माइक्रो चालक रुकुम पश्चिम मुसिकोट नगरपालिका–४ का २५ वर्षीय कुमार सन्यासी, यात्रुहरु सल्यानको शारदा नगरपालिका–७ की २४ वर्षीया कल्पना चलाउने, उनकी ८ वर्षीया छोरी निर्मला चलाउने, घर भाडामा बस्दै आएका १२ वर्षीय रणविर नेपाली, सल्यान बागचौर नगरपालिका–७ का २७ वर्षीया सपना चलाउने, जाजरकोटको भेरी नगरपालिका–४ घर भइ जिल्ला प्रहरी कार्यालय सल्यानमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार ३९ वर्षीय दुर्गाबहादुर विक घाइते भएका छन् ।

उनले घाइते सबैको तुलसीपुरस्थित राप्ती प्रोदशिक अस्पतालमा उपचार भइ रहेको जानकारी दिए । घाइते सबैको अवस्था सामान्य रहेको छ ।

प्रकाशित मिति : २०८१ असोज २० गते आइतबार