
काठमाडौँ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले शनिबार राति ११ बजेपछि सामाजिक संजाल फेसबुकमा राखेको स्टाटस आइतबार बिहान हटाएका छन् । मेयर साहले राति ११ बजेपछि ‘मेरो माया लाग्छ ?’ भन्ने स्टाटस सामाजिक संजालमा राखेका थिए ।
उनले कुन सन्दर्भमा लेखेका हुन्, ठ्याक्कै बुझ्न सकिँदैन। तर, शाहले मुख्यत: राति नै यस्ता स्टाटस लेख्दै आएका छन्। यस कारण उनको आलोचना समेत हुने गरेको छ। उनको यो स्टाटस भाइरल समेत भएको थियो। उनले कुन सन्दर्भमा किन यो स्टाटस राखेका थिए र पछि किन हटाए भन्ने स्पष्ट छैन ।
प्रकाशित मिति : २०८१ चैत ३१ गते आइतबार