२०८२ माघ ७ , बुधबार

वीरेन्द्रनगरमा लागु औषधसहित दुईजना पक्राउ



सुर्खेत। वीरेन्द्रनगरमा लागुऔषधसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका-११ का २५ वर्षीय अनिल घर्ति मगर र वारबर्दिया नगरपालिका– ७ का २७ वर्षीय दिलिप रावत रहेका छन् ।

उनीहरुलाई बिहीवार वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ स्थित सनिहल लाइनमा लागुऔषधको कारोबार भइरहेको गोप्य सुचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए ।

उनका अनुसार उनीहरुको साथबाट एक ग्राम २६० मिलिग्राम लागुऔषध (ब्राउन सुगर) बरामद गरिएको छ । साथै उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ वैशाख १२ गते शुक्रबार