२०८३ वैशाख ४ , शुक्रबार

सुर्खेतकाे उत्तरगंगाबाट लागुऔषधसहित एकजना पक्राउ



सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरबाट लागुऔषध (ब्राउनसुगर) सहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार बिहीबार दिउँसो करीब ३ बजे वीरेन्द्रनगर–३ उत्तरगंगा टोलमा लागुऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण शाखाबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा कालिकोट नरहरिनाथ गाउँपालिका–९ का २१ वर्षीय चक्र बहादुर शाही रहेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढाथापाले जानकारी दिए।

शंकास्पद अवस्थामा फेला परेका शाहीको शरीर खानतलासी गर्दा २३ पुडियामा प्याक गरिएको धुलो पदार्थ बरामद गरिएको उनले बताए । उनकाे साथबाट १ ग्राम ४५० मिलिग्राम र शुद्ध ८०० मिलिग्राम लागुऔषध  बरामद गरिएकाे र थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : २०८२ भदौ ६ गते शुक्रबार