
सुर्खेत । सुर्खेतमा जंगली बँदेलका लागि थापेको पासोमा चितुवा परेको छ । जिल्लाको लेकवेशी नगरपालिका–७ लमनागाँउदेखि एक सय मिटर टाढा जंगलमा एक जना स्थानीयले बदेललाई थापेको पासोमा चितुवा परेको हो ।
बिहान १० बजेपछि बँदेलका लागि थापिएको पासोमा चितुवा परेको खबर स्थानीयले प्रहरीलाई दिएका थिए । चितुवा पासोमा परेको खबरका आधारमा इलाका प्रहरी कार्यालय लेकबेशीबाट प्रहरी नायब निरीक्षक मनिष गुरूङको कमाण्डमा पाँच जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
पासोमा फसेको चितुवाको उद्धारको लागि वनसँग समन्वय भइरहेको इलाका प्रहरी कार्यालय लेकवेशीका प्रहरी नायब निरीक्षक गुरूङले खबरदृष्टिलाई जानकारी दिए । उनले चितुवाको उद्दारका लागि बर्दियाबाट उद्दार टोली आउँदै गरेको जानकारी दिए ।