एभरेस्ट महिला भलिबल लिग, कर्णालीले पोखराको सामना गर्ने

खबर दृष्टि
खबरदृष्टि संवाददाता १८ भाद्र २०८२, बुधबार १०:२९

काठमाण्डौ । एभरेस्ट महिला भलिबल लिग (इडब्लूभी) को उद्घाटन खेलमा कर्णाली यशविस र पोखरा निन्जाज खेल्ने भएका छन् । उद्घाटन खेल पर्सि शुक्रवार दिउँसो दुई बजे सुरू हुनेछ । पर्सि नै साविक उपविजेता ललितपुर क्विन्स र मधेश युनाइटेडबीच दिउँसो चार बजे अर्को खेल हुनेछ ।

इन्फनिटी ड्रिम्स प्रा. लि. को आयोजनामा हुने एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौ २० देखि २८ गतेसम्म पोखराको बहुउद्देशीय कभर्डहलमा हुनेछ । जसमा साविक विजेता कर्णाली यशविससहित ललितपुर क्विन्स, काठमाण्डौ स्पाइकर्स, मधेश युनाइटेड, लुम्बिनी लाभाज र पोखरा निन्जाज गरी ६ फ्रेन्चाइज टोली प्रतिस्पर्धा गर्नेछन् ।

Next Post

एमाले विधान महाधिवेशनको तयारी : आज च्यासलमा पत्रकार सम्मेलन

१८ भाद्र २०८२, बुधबार १०:२९
काठमाडौं । विधान महाधिवेशनको तयारीको विषयमा जानकारी दिन नेकपा (एमाले)ले बुधबार पत्रकार सम्मेलन गर्दैछ । पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभागका अनुसार बुधबार दिउँसो २ बजे पत्रकार सम्मेल हुन लागेको हो । पार्टी कार्यालय च्यासलमा हुने पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेललगायत शीर्ष नेता उपस्थित हुनेछन्। एमालेले दोस्रो विधान महाधिवेशन भदौ […]
September 2025
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
2930