बुधबार साझ ६ बजेदेखि कर्फ्यू आदेश झन कडा

खबर दृष्टि
खबरदृष्टि संवाददाता २५ भाद्र २०८२, बुधबार १८:५१

सुर्खेत । देशभर शान्ति सुरक्षा कायम राख्न नेपाली सेनाले आज (बुधबार) साझ ६ बजेदेखि कर्फ्यू आदेश झन कडा गरेकाे छ । पछिल्लो आन्दोलनपछिको परिस्थितिलाई मध्यनजर गर्दै सेनाले यस्तो कदम चालेको हो।

सेनाले निषेधाज्ञा तथा कर्फ्यूको अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी प्रयोग गर्ने अत्यावश्यक सवारी साधनहरू मात्र सञ्चालनमा रहन पाउने जनाएको छ । नेपाली सेनाले सम्बद्ध निकायहरूसँग समन्वयमा रही आन्दोलनपछिको अवस्था व्यवस्थापन गर्न पहल गरिरहेको जनाएको छ । साथै, नागरिकहरूलाई काम नपरी बाहिर ननिस्कन समेत अपील गरिएको छ ।

Next Post

वीरेन्द्रनगरमा निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा ६ जना पक्राउ

२५ भाद्र २०८२, बुधबार १८:५१
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। बिहीबार घण्टाघर चोकस्थित डी–नमस्ते होटलबाट नियन्त्रणमा लिइएकामध्ये एमाले निकट युवा संघका प्रतिनिधि र जेन–जी (Gen-Z) समूहका युवाहरु रहेका प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरुमा जुम्ला कनकासुन्दरी गाउँपालिका–५ का ३३ वर्षीय बद्री बोहोरा, वीरेन्द्रनगर नगरपालिका–८ का ३१ वर्षीय […]
September 2025
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
2930