
दैलेख । दैलेखको ठाँटिकाँधमा शुभ दिपावली तथा छठ पर्व २०८२ को अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम सन्पन्न भएको छ । शनिबार नेकपा एमाले ठाँटिकाँध गाउँपालिका कमिटीको आयोजनामा शुभकामना आदानप्रदान एवम् अगुवा कार्यकर्ता भेला सम्पन्न भएको हो ।
भाद्र २३/२४ घटनामा कुनै आन्दोलन मात्र नभई देशको लागि कलन्क भएको नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य एवम् ठाँटिकाँध इन्चार्ज दिनेशबहादुर बिकले बताए । देश निर्माण गर्ने अभिभार नेकपा एमाले मात्र भएकाले हामी उठिसकेका छौँ, जागरुप भई सकेका छौ, सबै जनतालाई जागरुप बनाउन कार्यकर्तालाई उनले निर्देशन दिए ।
कार्यक्रममा प्रदेश कमिटी कमिटीका पुर्व प्रदेश कमिटी सदस्य एवम् ठाँटिकाँध गाउँपालिकाका पुर्व अध्यक्ष धिरबहादुर शाहीले देशमा संकट भएकाले सबै कार्यकर्ता आआफ्नो ठाउँमा उभिन निर्देशन दिए । यो देश एमाले बाहेक अरुले बनाउन सक्दैन एमाले कार्यकर्ता जिम्मेवार पाएको खण्डमा इमानदार पुर्वक काम गर्छ्न् ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवम् निर्वाचन क्षेत्र नम्बर २ का संयोजक कुमारबिक्रम शाहीले नेकपा एमाले राष्ट्रिय स्वाधीनता पक्षमा रहेकाले बिदेशी शक्ति केन्द्रहरुले एमाले सरकारबाट हटाइएको दाबी गर्दै यो एमाले र केपी ओलि माथिको प्रहार मात्र होइन राष्ट्रमा माथी प्रहार भएको बताए ।
नेकपा एमाले ठाँटिकाँध गाउँ कमिटीका अध्यक्ष कृपाराम थापाको अध्यक्षता भएको कार्यक्रममा ठाँटिकाँध गाउँपालिका उपाध्यक्ष एवम् पार्टी नेता देबिराम बडुवाल, जिल्ला कमिटी सदस्य एवम् वडा न २ का वडा अध्यक्ष प्रेम रामजाली मगर, जिल्ला कमिटी सदस्य गणेशबहादुर शाही, तक्मा बिक, कल्पना सिजापति कठायत, रमेश सिजापती, मनबहादुर सिजापती र गिता बुढा लगायत विभिन्न जनवर्गीकरण संघ संगठनका प्रमुख एवम् प्रतिनिधिको उपस्थिति रहेको गाउँ कमिटी सचीव रमेश बिकले जानकारी दिए ।