
सुर्खेत। शिक्षा विकास निर्देशनालय सुर्खेतका निर्देशक दीपा हमालले विद्यालयमा अक्षयकोषका लागि घोषणा गरेकी छन्। वीरेन्द्रनगर ५ चिसापानीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १ लाख ५५ हजार ५५५ रुपैयाँको अक्षय कोष स्थापना गर्ने घोषणा गरेकी हुन्।
विद्यालयको वार्षिक उत्सव तथा सम्मान कार्यक्रममा निर्देशक हमालले आफ्ना बुबा हिरालाल हमालको स्मृतिमा विद्यालय अक्षयकोष स्थापना गर्ने बताइन्। विद्यालयको शैक्षिक सुधार गर्नुका साथै जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति स्वरूप रकम खर्च गर्न कोषको लागि प्रतिबद्धता गरेको जानकारी दिइन्।
आफू बसोबास गर्ने वडामा सञ्चालित यस विद्यालयको आफू अभिभावक समेत रहेको जनाउँदै शैक्षिक सुधार र प्रगतिका लागि सबैको हातेमालो हुन जरुरी रहेको उनको भनाइ छ
प्रकाशित मिति : २०८२ मंसिर २ गते मंगलबार