२०८२ मंसिर १९ , शुक्रबार

राजीनामापछि शर्मालाई सांसद पदबाट हटाउन केन्द्रीय समितिमा सिफारिस



सुर्खेत । माओवादी कर्णाली प्रदेश संसदीय दलका नेता राजकुमार शर्माले आज बिहान पदबाट दिएको राजीनामा स्वीकृत भएसँगै उनलाई प्रदेशसभा सदस्यबाट समेत पदमुक्त गर्ने गरी कारबाही सिफारिस गरिएको छ। माओवादी केन्द्रका प्रमुख सचेतक कृष्णबहादुर जिसीका अनुसार दलको आज बसेको बैठकले शर्मालाई प्रदेशसभा सदस्यबाट हटाउन पार्टी केन्द्रीय समितिमा सिफारिस गर्ने निर्णय गरेको छ।

‘जिसीले भने, ‘प्रदेशसभा सदस्यबाट समेत हटाउनका लागि केन्द्रीय समितिमा सिफारिस गर्ने निर्णय भएको छ ।,’ शर्माले संसदीय दलको नेताबाट दिएको राजीनामा स्वीकृत भइसकेको पनि उनले जानकारी दिए। यस्तै, शर्माको राजीनामापछि नयाँ पदाधिकारी चयन नहुञ्जेल दलको एकीकरणसम्बन्धी निर्णय, आवश्यक समन्वय र नियमित काम–कारबाही सञ्चालन गर्ने जिम्मेवारी प्रमुख सचेतक जिसीलाई नै तोकिएको छ।

कर्णालीमा माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्माको राजीनामा

प्रकाशित मिति : २०८२ मंसिर १७ गते बुधबार