२०८३ वैशाख २६ , शनिबार
प्रतिनिधि सभा निर्वाचन

नेकपा जाजरकोटद्वारा १३ जना उम्मेदवारको नाम सिफारिस



जाजरकोट। सरकारले फागुन २१ गते घोषणा गरेको प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) जाजरकोटले १३ जना उम्मेदवारको नाम सिफारिस गरेको छ। पार्टीले प्रतिनिधि सभा प्रत्यक्षतर्फ ६ जना, समानुपातिकतर्फ ५ जना र राष्ट्रिय सभातर्फ २ जना उम्मेदवार सिफारिस गरेको हो।

जिल्लाका सातवटै स्थानीय तहमा एकता सन्देश सभा सम्पन्न गरेपछि सदरमुकाम खलङ्गामा बसेको जिल्ला स्तरीय नेता–कार्यकर्ताको बैठकले उम्मेदवारको नाम सिफारिस गरेको हो। नेकपाका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लका अनुसार प्रतिनिधि सभा प्रत्यक्षतर्फ शक्तिबहादुर बस्नेत, रामदिप आचार्य, गणेशप्रसाद सिंह, कृष्णबहादुर बुढा, महेश अधिकारी र पार्वती थापाको नाम सिफारिस गरिएको छ।

त्यस्तै समानुपातिकतर्फ खसआर्यबाट गगनबहादुर खड्का, आदिवासी जनजातितर्फ ढकवीर राना, दलित महिलातर्फ पार्वती विक, खसआर्य महिलातर्फ धर्मशिला बस्नेत तथा पिछडिएको क्षेत्रबाट शिवप्रसाद शर्माको नाम सिफारिस गरिएको मल्लले जानकारी दिए। माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बीरबहादुर रावत र ओमा शाहीको नाम छनोट गरिएको छ।

विगतमा तत्कालीन नेकपा माओवादी केन्द्रले नेकपा एमाले र नेपाली कांग्रेससँग तालमेल गरी निर्वाचन जित्दै आएको थियो। हाल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच भएको एकताले प्रतिस्पर्धा थप सहज भएको नेता–कार्यकर्ताको भनाइ छ।

प्रकाशित मिति : २०८२ पुस १२ गते शनिबार