
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै बन्ने ठोकुवा गरेका छन् ।जनकपुरमा आयोजित रास्वपाको कार्यक्रममा उनले बालेन प्रधानमन्त्री नबने जनकपुरको रणभूमिमा आत्मदाह गर्नेसमेत घोषणा गरेका हुन् ।
उनले भने, ‘हामी सीता माताका सन्तान हौं । सीमा माता यही धर्तीमा समाहित भएकी थिइन् । बालेन प्रधानमन्त्री भएनन् भने म जनकपुरको धर्तीमा समाहित हुनेछु । बालेन प्रधानमन्त्री बनेनन् भने म जनकपुरको रणभूमिमा आत्मदाह गर्नेछु ।’
प्रकाशित मिति : २०८२ माघ ५ गते सोमबार