
फाईल तस्बिर
सुर्खेत । भेरीगंगामा प्रहरीले विल नभएको अवैध कपडा बरामद गरेको छ । अस्थायी प्रहरी पोष्टमा खटिएको प्रहरीको टोलीले बिहिवार बिहान साँढे ८ बजेको समयमा दाङबाट सुर्खेत तर्फ आउँदै गरेको ना ६ ख ६२४२ नम्बरको ट्रकलाई चेक जाँच गर्दा उक्त ट्रकमा कुनै पनि बिल नभएको कुर्ती प्लाजा ६० पिस र कुर्ता २४० पिस कपडा बरामद गरेको हो । बरामद गरिएको कपडा थप अनुसन्धान लागि भन्सार कार्यालय बाँके पठाइएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रकाशित मिति : २०७९ फागुन १८ गते बिहीबार