२०८३ वैशाख २७ , आइतबार

लेकवेशीमा श्रीमानले काठको चिरपटले हिर्काउदा श्रीमति घाईते



सुर्खेत । लेकवेशीमा श्रीमानले काठको चिरपट प्रहार गरी श्रीमतिलाइ घाईते बनाएका छन् । लेकवेशी नगरपालिका वडा नम्बर २ पुरानोगाँउ बस्ने यज्ञ मिदुन र उनकी श्रीमति खगिसरा मिदुन बिच घरयासी विवाद हुँदा श्रीमानले दाउराको चिरपटले हिर्काएर श्रीमतिलाई घाईते बनाएका हुन् । घाईते भएकी खगिसराको टाउकोमा गहिरो चोट लागेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनलार्ई मेहलकुना अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेत ल्याईएको प्रहरीले जनाएको छ । हाल उनको अवस्था भने गम्भिर रहेको छ । श्रीमान भने फरार रहेको र उनको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति : २०७९ फागुन २१ गते आइतबार