२०८३ वैशाख २७ , आइतबार

जुम्लाको शैक्षिकसत्र वैशाख १ गतेदेखि सुरु हुने



जुम्ला । जुम्लाको शैक्षिकसत्र वैशाख १ गतेदेखि सुरु हुने भएको छ । जुम्लाको शैक्षिक क्यालेन्डर फेरिएसँगै विगतका वर्षमा माघ २५ गतेदेखि सञ्चालन भइरहेको जुम्लाको शैक्षिकसत्र यो वर्षदेखि वैशाख १ गतेदेखि सुरु हुने भएको हो । मंसिरमा वार्षिक परीक्षा सकिएलगत्तै हिउँदे बिदा हुने गरेको जुम्लाको शैक्षिकसत्र यो वर्षबाट फेरिएको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयअनुसार वैशाख १ गतेदेखि नै शैक्षिकसत्र सुरु गर्न लागिएको शिक्षा विकास समन्वय इकाइ जुम्लाले जनाएको छ । मन्त्रालयको परिपत्रअनुसार फागुन १७ गते जिल्लाका ८ वटै स्थानीय तहका शिक्षा शाखा प्रमुखको बैठकले वैशाख १ गतेबाट शैक्षिकसत्र सुरु गर्ने निर्णय गरेको शिक्षा विकास तथा समन्वय इकाइ जुम्लाका प्रमुख मक्कर भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ फागुन २२ गते सोमबार