२०८३ वैशाख २६ , शनिबार

दैलेखमा छिमेकीको कुटपिटबाट एक जनाको मृत्यु



दैलेख दैलेखमा छिमेकीको कुटपिटबाट एक जनाको मृत्यु भएको छ । नारायण नगरपालिका११ बिन्ध्यवासिनीमा छिमेकका श्रीमान श्रीमती झगडा गरिरहेको ठाउँमा सम्झाउन गएका ५३ वर्षीय गगनबहादुर विकको कुटपिटबाट मृत्यु भएको हो । कुटपिटबाट घाइते भएका विकको दैलेख अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक डीएसपी किशोर लम्सालले जानकारी दिए । डीएसपी लम्सालका अनुसार मृतकको टाउको, छाती र ढाडमा चोट लागेर र अत्याधिक रगत बगेको कारण उनको निधन भएको हो । कुटपिटमा संलग्न छिमेकी २६ वर्षीय तुलबहादुर सिंह र २२ वर्षीय भूपेन्द्र बुढा लगायतको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ फागुन २३ गते मंगलबार