सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पार्टीका नेता र सरकारले नै अदालतलाई धम्काउनु शहीदहरूको अपमान भएको टिप्पणी गरेका छन् । मंगलवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस मार्फत शाहीले यस्तो टिप्पणी गरेका हुन् । प्रजातान्त्रिक मुल्य मान्यताको पालना गर्नु हो । ‘अदालत लाई निष्पक्षरुपमा काम गर्न दिनु नै बिधिको शासन र त्यसैले कानुनी प्रक्रियामा आएका मुद्दाहरु अदालतले दर्ता गर्नु उसको कर्तव्य हो ।पार्टीका नेता र सरकारले अदालतलाई धम्काउने काम कसरी बिधिको शासन हुन सक्छ ? यस्ता अनैतिक क्रियाकलाप तत्काल बन्द गरियोस । बिधिको शासन चाहिन्छ भनेर नै हिजो नेपाल आमाका सपुतहरुले अकालमै ज्यान गुमाएका हुन त्यसैले अदालतलाई धम्काउनु भनेको यो राष्ट्रको लागि बलिदान दिने शहिदहरुको अपमान गर्नु हो । अदालतलाई धम्काउनेलाई अब जनताले र यो राष्ट्रले माफी दिन्छ जस्तो लाग्दैन समय बलवान हुन्छ । सत्यको ढिलो हुन्छ तर बिजय निस्चित छ । ’ उनले फेसवुकमा लेखेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध जनयुद्धकालीन मुद्दा दर्ता गर्न सर्वोच्चले आदेश दिएपछि पूर्वमाओवादीहरू एकजुट भएर खबरदारी गरिरहेका छन् । यसै विषयतर्फ संकेत गर्दै शाहीले अदालतलाई निष्पक्षरुपमा काम गर्न नै विधिको शासन र प्रजातान्त्रिक मुल्य मान्यताको पालना गर्नु भएको उल्लेख गरेका हुन् ।