दैलेख । गुराँस गाउँपालिका वडा नम्बर ८ ले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको छ । बालविवाह न्यूनीकरण गर्न यस्तो नियम बनाइएको हो । वडामा कानुन विपरित हुने बाल विबाह निषेध गरिएको र २०७९ फागुन १२ गते वडा समिति बैठकको निर्णय अनुसार विवाहपूर्व वडाको अनिवार्य सिफारिसको व्यवस्था गरिएको गुराँस गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ८ का वडा अध्यक्ष दिपेन्द्र वलीले जानकारी दिए । उनले बालविवाह नियन्त्रण गर्न विवाह गर्नुपूर्व वडाबाट अनिवार्य सिफारिस लिनुपर्ने व्यवस्था गरिएको बताए । वडा नम्बर ८ मा यो प्रयास सफल भएपछि गाउँपालिकामा नै यस्तो निर्णय गर्ने अध्यक्ष वलीले बताए । उनले ३५ दिनभित्र विवाह दर्ता गर्न आउँदा अनिवार्य रुपमा अनुमतिपत्र पनि लिएर आउनुपर्ने जानकारी दिए ।

प्रकाशित मिति : २०७९ फागुन २४ गते बुधबार