
फाईल तस्बिर
सुर्खेत । भेरीगंगामा प्रहरीले बिल नभएको विभिन्न अवैध सामान बरामद गरेको छ । भेरीगंगा नगरपालिका १० तोलिखोला स्थित खटिएका प्रहरी टोलीले कोहलपुर देखि सल्लीबजार तर्फ जाँदै गरेको भे १ च ४२५२ नम्बरको बोलेरो जिपलाई बिहीवार चेकजाँच गर्ने क्रममा कुनै पनि बिल नभएका कुर्ता सुरुवाल २८ पिस, साडी १९ पिस, लेङ्गा २ जोर, रेडीमेड कुर्ता सुरुवाल १ जोर, काँचो कपडा सर्ट पाईन्ट १/१ पिस, स्टकोटको कपडा १ मिटर १ थान बरामद गरेको हो ।
यस्तै गरम मसला २ प्याकेट, किसमिस, काजु २ प्याकेट, बदाम २ प्याकेट, धुलो मसला १ प्याकेट, कुरमुरे २ प्याकेट, लेडिज सेन्डिल चप्पल १ जोर, जेन्स जुत्ता २ जोर र लेडिज ब्याग २ पिस बरामद गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । बरामद गरीएको सामान ईलाका प्रहरी छिन्चुमा राखिएको र गाडिलाई गन्तव्य तर्फ पठाईएको छ ।
प्रकाशित मिति : २०७९ फागुन २५ गते बिहीबार