काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनपछि नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउने संकेत गरेका छन् । बिहीबार राष्ट्रपतिको निर्वाचनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो संकेत गरेका हुन् । अध्यक्ष ओलीले यसअघिका दुवै राष्ट्रपतिले उल्लेखनीय काम गरेको र राष्ट्रपति विद्यादेवी भण्डारीले झनै महत्वपूर्ण रुपमा काम गरेको दाबी गरे । उनले यसअघिका राष्ट्रपतिको आलोचना गर्नेहरू संकीर्ण स्वार्थ बोकेकाहरूले सानो स्वार्थ पूरा भएन भनेर राष्ट्रपतिको मर्यादा नगरेको आरोप लगाए ।
प्रकाशित मिति : २०७९ फागुन २५ गते बिहीबार