२०८३ वैशाख २५ , शुक्रबार

सल्यानमा दुई समूहबीच झडप हुँदा दुई जना घाइते



सल्यान । सल्यानमा दुईसमुह बिच झगडा हुँदा दुई जना घाइते भएका छन् । बागचौर नगरपालिका–२ खरिबोटमा शनिबार राति दुई समूहबीच झडप हुँदा दुई जना घाइते भएका हुन् । मदिरा सेवन गरी सामान्य विवाद हुँदा झडपमा परी स्थानीय अन्दाजी ३० वर्षीय रविन भण्डारी र तारा भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घाइते दुवैको अहिले बागचौरमा उपचार भईरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले बताए ।

दुई युवा समूहबीच भएको झडपका क्रममा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खटिबोर निवासी ३२ वर्षिय पूर्ण गिरी, २३ वर्षिय ईश्वर गिरी, ३२ वर्षिय देवबहादुर भण्डारी, बागचौर नगरपालिका–६ कोटबाराका ३० वर्षिय रमेश विक रहेको अधिकारी खनालले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ फागुन २८ गते आइतबार