२०८३ असार ९ , मंगलबार

सहास नेपाल पाइला परियोजनाको सामाजिक लेखापरिक्षण कार्यक्रम सम्पन्न



जाजरकोट । शिवालयमा सहयोगिहातहरुको समूह (सहास) नेपाल पाइला परियोजनाको सामाजिक लेखापरिक्षण कार्यक्रम सम्पन्न भएको छ । शिवालय गाउँपालिकाको वडा नम्बर ३ मा गाउँपालिकाका अध्यक्ष शेर बहादुर शाहीको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष शाहीले यस परियोजनाले शिवालय गाउँपालिकाका विभिन्न समुदायमा आवश्यकता अनुसारको कार्य गरेकाले सहास नेपालसँगै मिलेर साझेदारीमा कार्यक्रम गर्न सकिने बताए । स्थानीय सरकारबाट हुन नसकेका धेरै कुरामा सहयोग गरेको बताउँदै आगामी दिनमा युवाहरूलाई रोजगार दिने खालका गतिविधि लिएर अघि बढ्ने अध्यक्ष शाहीले आग्रह गरे । यस्तै, परियोजना संयोजक मनीषा आचार्यले समुदाय र जनप्रतिनिधिको क्षमता विकासका साथै विभिन्न जलवायु उत्थानशील प्रविधिको सहयोगका कार्यक्रम यस परियोजनामार्फत हुँदै जानकारी गराएकी थिइन ।

कार्यक्रममा परियोजनाको प्रगति प्रस्तुत गर्दै आगामी दिनमा पनि समुदाय र स्थानीय सरकारसँग समन्वय गरेर कार्यक्रम गर्ने परियोजनाका अधिकृत हरि प्रसाद अधिकारीले प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा उपस्थित भएका सहभागिहरुले परियोजनाबाट पाएको सुविधा साथै प्राविधिक सहजीकरणले सन्तुष्ट रहेको बताएका थिए । उनीहरूले सहास नेपालबाट भएका विभिन्न गतिविधि प्रभावकारी भएको बताउँदै संस्थाले आगामी दिनमा उद्देश्य अनुसार रचनात्मक ढंगले काम गरी अझै नमुना योग्य बन्न सुझाव दिएका थिए । शिवालय गाउँपालिका अध्यक्ष शेर बहादुर शाही, उपाध्यक्ष गीता शाही, विभिन्न वडाका वडा अध्यक्ष, सहास नेपाल पाइला परियोजनाका अधिकृत हरि प्रसाद अधिकारी, संयोजक मनिषा आचार्य, कृषि प्राविधिक योगेन्द्र सिंह लगायत अन्य व्यक्तिहरूको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण सामाजिक लेखा प्रशिक्षक प्रसिद्ध न्यौपानेले गरेका थिए ।

No description available.No description available.

प्रकाशित मिति : २०७९ चैत १ गते बुधबार