
सुर्खेत । भेरीगंगामा प्रहरीले अवैध कपडा बरामद गरेको छ । भेरीगंगा नगरपालिका वडा १२ छिन्चु चेकपोष्टबाट कालिकोटका लागि छुटेको बसलाई चेक जाचँ गर्ने क्रममा प्रहरीले कुनै पनि विल नभएको अवैध कपडा बरामद गरेको हो । इलाका प्रहरी कार्यालयको प्रहरी टोलिले महेन्द्रनगरबाट कालिकोटकोे लागि छुटेको कर्णाली प्रदेश ०२००१ ख ०२६० नम्बरको बसलाई चेक जाचँ गर्ने क्रममा १ सय २० पिस काँचो कुर्ता सुरुवाल भेटाएको छ । उक्त सामान बरामद गरी ईलाका प्रहरी कार्यालय छिन्चुमा राखिएको छ भने बसलाई गन्तब्य तर्फ पठाइएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रकाशित मिति : २०७९ चैत ३ गते शुक्रबार