सुर्खेत । लेकवेशी नगरपालिकाले स्वयमसेवक तथा पि.सि.एफ. कोटाका करारका शिक्षकहरुलाई हटाउने निणर्य गरेको छ । नगरपालिकाले शुक्रवार एक सुचना जारी गर्दै नगरपालिका अन्तरगतका सामुदायीक विद्यालयहरुमा स्वयमसेवक तथा पि.सि.एफ.तर्फ करार सेवाका शिक्षकहरुलाई हटाउने निर्णय गरेको हो । नगरपालिकाको आन्तरिक श्रोतबाट उठ्ने रकम न्युन भएको भन्दै उनिहरुलाइ को म्याद थप गर्न नसकिने नगरपालिकाले जनाएको छ ।
नगरपालिका अन्तरगतका सामुदायीक विद्यालयहरुमा स्वयम सेवक तथा पि.सि.एफ. तर्फ प्रावि, मावि र उच्च मावीमा करार सेवाका शिक्षक व्यवस्थापन गरी शिक्षण सिकाई क्रियाकलापलाई सहजीकरण गर्दै आईरहेकोमा नगरपालिकाको आन्तरिक श्रोतबाट उठ्ने रकम न्युन भएको भन्दै उनिहरुको म्याद थप गर्न नसकिने जनाएको छ । चैत महिना देखि नै स्वयमसेवक तथा पि.सि.एफ. दरवन्दीका शिक्षकहरुलाई विद्यालयमा कामकाज नगराउन सम्वन्धीत विद्यालयहरुलाई सुचना जारी गरिएको नगरपालिकाले जनाएको छ ।
सुचना हेर्नुहोस्
