
पक्राउ परेका जिबन बहादुर के.सी.
सुर्खेत । वीरेन्द्रनगरमा प्रहरीले लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका-९ लाटीकोईली स्थित शिव मन्दिर नजिकैबाट शुक्रवार साँझ ७ बजेको समयमा अस्थायी प्रहरी बिट लाटिकोईलीबाट खटिएको प्रहरी टोेलीले वीरेन्द्रनगर नगरपालिका- ९ का २६ वर्षीय जीवनबहादुर केसीलाई शंकास्पद रुपमा बसिरहेका अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका केसीलाई खानतलासी गर्दा उनको साथबाट नापतौल गर्दा शुद्ध ९० मिलिग्राम लागुऔषध, टच मोबाईल एक थान र ६ हजार एक सय रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । केसीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७९ चैत ४ गते शनिबार