२०८३ वैशाख २७ , आइतबार

स्ववियु निर्वाचन : सुर्खेत बहुमुखी क्याम्पसमा २९८ मत खस्यो



May be an image of 16 people, people standing, tree and outdoors
सुर्खेत । स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियु)को नयाँ नेतृत्वका लागि त्रिभुवन विश्वविद्यालयकाका आंगिक तथा सम्बन्धन प्राप्त सुर्खेत बहुमुखी क्याम्पसमा पनि बिहानैदेखि धमाधम मतदान भईरहेको छ । यहाँ साढे १० बजे सम्म २९८ मत खसेको छ ।

बिहान ८ बजेबाट मतदान सुरु हुने भनिएपनि यहाँ केही व्यवस्थापन समस्याले गर्दा मतदान बिहान ९ बजेबाट सुरु भएको सुर्खेत बहुमुखी क्याम्पसकी सुचना अधिकारी मिना कुमारी गिरीले जानकारी दिईन । उनका अनुसार यँहा मतदाताले उत्साहपुर्ण ५ वटा बुथबाट धमाधम मतदान गरिरहेका छन् । मतदान साँझ ५ बजे सम्म हुनेछ ।

तस्बिरहरु हेर्नुहोस् । 

May be an image of 6 people, people standing, tree and outdoorsNo description available.May be an image of 8 people, people standing, outdoors and treeNo description available.

प्रकाशित मिति : २०७९ चैत ५ गते आइतबार