सुर्खेत । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन अन्तर्गत सुर्खेतमा बिहानैदेखि मतदान जारी छ । त्रि–भूवन विश्वविद्यालयका आंगिक सुर्खेत बहुमुखी क्याम्पसमा बिहान ९ बजेदेखि मतदान जारी छ । यहाँ करिब ३ हजार तीन सय भन्दा बढी मतदाता रहेकोमा २ हजार दुई सय भन्दा बढी जति मत खस्ने अनुमान गरिएको सुर्खेत बहुमुखी क्याम्पसकी सुचना अधिकारी मिना कुमारी गिरीले जानकारी दिईन् । यहाँ ११ बजेसम्म ४ सय १७ मत खसिसकेको छ ।
विश्वविद्यालयपछिको केन्द्रबिन्दूमा रहेको यो क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका हिक्मत शाही र एमाले निकट अनेरास्ववियूका अक्कलबहादुर सिँजापतिबीच कडा प्रतिस्पर्धा भएको छ । यहाँ नेविसंघले अखिललाई सघाएको छ, भने अनेरास्ववियू (एस)ले अनेरास्ववियूलाई सघाइरहेको छ । बिहानैदेखि विद्यार्थीहरू लामबद्ध भएर मतदान गरिरहेका छन । मतदान आइतबार दिउँसो ४ बजेसम्म हुनेछ ।