
जाजरकोट। मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको भेरी ज्ञानोदय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आइतवार सम्पन्न भएको छ । कुल २ सय ८२ मतदाता रहेको क्याम्पसमा २ सय ३८ मत खसेको थियो । भाद्रि संगठनको निर्वाचनलाई लिएर जनप्रतिनिधि देखि दलका नेता सम्म खुलेआम प्रचारमा लाग्दा समेत निर्वाचन कमिटि मुख दर्शक बनेको अनेरास्ववियुका एक नेताले बताए । आइतवार सम्पन्न निर्वाचनमा भेरीनगरपालिका उपप्रमुख सिता जैसी खुलेआममत माग्दै थिइन । निर्वाचनको मौन अबदिमा जैसी भेरी ज्ञानोदय क्याम्पसकोमुल गेटमै नेपाली काग्रेस समर्थक नेबिसंघका प्रकाश सिंहलाई मत माग्दै थिइन ।

भेरी नगरपालिकाबाट गत २०७९ बैशाख ३१ गते सम्पन्न निर्वाचनबाट नगर उपप्रमुख पदमा विजय जैसी बिद्यार्थीको चुनावमा भोत माग्न भ्याई नभ्याइ थियो । जन प्रतिनिधि भएर विद्यार्थीको चुनावमा भोट मागेको भन्दै अनेरास्ववियु समाजवादीका उमेदवार प्रेम बिकले आपति जनाएका थिए । सार्वजनिक पदमा बहाल रहेका उपप्रमुख बिद्यार्थीको चुनावमा भोट माग्न लाजको बिषय भएको एक मतदाताले बताए । पदिय मर्यादा कायम भएन । उनले भने् नगरपालिका जस्तो स्वायीत सरकारका प्रमुख जिम्मेवार नेता यसरी पार्टीको प्रचारमा रु नगरपालिकाबाट कस्तो सेवा प्रवाहको अपेक्षा गर्नु। जैसी मात्र नभएर कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेत समेत भेरी ज्ञानोदय क्याम्पस पुगेका थिए ।
बस्नेत नेबि संघले जित्नु पर्ने आसय सहित क्याम्पस पुगेर सिंहको पक्ष्यमा मत मागेको एक स्थानीयले बताए । जनप्रतिनिधि मात्र नभएर नेपाली काग्रेसका जिल्ला पार्टी कार्यबहाक सभापती खड्क बिसि,सचिव छबी पन्त,उपसभापती तेज बिक्रम शाह लगाएतका नेताहरु नेबि संघ जिताउन मौन अवदिमा भोट मागेका थिए । निर्वाचनमा नेकपा एमाले एकलै चुनावि मैदानमा होमिएको थियो । निर्वाचनको मत परिणाम अनुसार शिर्ष दल नेपाली काग्रेस र नेकपा माओवादी केन्द्रका साझा उमेद्धवार नेपाल विद्यार्थी संघका प्रकास सिंह १ सय १० मत पाएका थिए ।
दुई ठुला पार्टी मिलेर पनि एमाले निकट अनेरास्ववियुका छविराज सिंहले ८० मत प्राप्त गरेका थिए । यस्तै सचिवमा गठबन्धनको उम्मेदवार अखिल क्रान्तिकारीका भुपेन्द्र नेपालीले १ सय १७ मत प्राप्त गरे । एमाले निकट अनेरास्ववियुका माल बहादुर सिंहले ६१ मत प्राप्त गरेका थिए । त्यस्तै कोषाध्यक्षमा अखिल क्रान्तिकारीका विनोद गासाई १ सय २९ मत पाएका थिए । अनेरास्ववियुका प्रतिमा खत्रीले ६१ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

गठबन्धनको फर्जि मत, अनेरास्ववियुको ताला
त्रिभुव विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नलगाड बहुमुखि क्यापसमा गठबन्धनले फर्जि मत हालेको छ । आइतवार सम्पन्न हुने निर्वाचनमा मतदानका क्रममा चार दलिय गठबन्धनले फर्जि मत हालेको छ । दिउसो ३ बजे मतदानका क्रममा काठमाण्डौ अध्ययन गर्दै बसेको व्यक्तको नाममा फर्जि मत हाल्दा बारेकोट गाउँपालिका सरुना महतारालाई प्रहरीले नियन्त्रण लिएको छ । यो संगै नेकपा एमाले निकट अनेरास्ववियुले क्याम्पसमा ताला लगाएर आन्दोलन गरेको छ ।
कुल २ सय ५७ मतदाता संख्या रहेको सो क्याम्पसमा माओवादी केन्द्र निकट अखिल क्रान्तीकारी,नेपाली काग्रेस सर्मथक नेबिसंघ र बिप्लव नेतृत्वको अखिल क्रान्तीकारी बिप्लव, अखिल क्रान्तीकारी बिहुमत, ले फर्जि बिद्यार्थी प्रयोग गरेको भन्दै एक बिज्ञप्ती जारी गर्दै क्याम्पसमा तालाबन्दी गरेको स्ववियु निर्वाचन परिचालन समिति नलगाडका संयोजक प्रकाशमान सिंहले बताए । निर्वाचनमा पून मतदान,क्याम्पस प्रमुखको राजिनामा र निर्वाचन कमिटि पून गठन लगाएतका माग अनेरास्ववियुले राखेको छन् ।
स्ववीयूमा गठबन्धनका शिक्षक उम्मेदवार
त्रिभुव विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नलगाड बहुमुखि क्यापसमाको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा शिक्षकहरुले उम्मेदवारी दिएका छन् । चार दलिय गठबन्धनले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा शिक्षकलाई सभापतीमा अगाडी बढाएको हो । श्री जुनी बाल संरक्षण मावीमा विज्ञान विषयका शिक्षक टेक बहादुर खत्रीलाई उम्मेदवार उठाएको छ । उम्मेदवार उपर दाबी बिरोदका क्रममा खत्री बिरुद्ध अनेरास्ववियूले दावी नपूग्ने भन्दै उजुरी दिएको थियो ।

२०७९ फागुन २८ गते खत्रीले आफु नगर अनुदानमा शिक्षक नरहेको जानकारी गराएका थिए । जुनी बालमावी कार्यरत भएको भन्दै नगरपालिकाले एक बर्ष अगाडी खत्रीलाई तालिम प्रमाणपत्र दिएको थियो । तर सोही नगरपालिका शिक्षा शाखा अधिकृत बलविर बिकले नगर अनुदानमा छनोट भएको बिद्यालयले न्यूक्ति दिएको कुनै जानकारी नपठाएको पत्र काटेका छन् । नगरपालिकाको अनुदानमा सिफारिस भएका शिक्षको न्यूक्ति नगर शिक्षा शाखाले दिनुपर्ने कानुनी प्राव्धान छ ।

तर बिद्यालयले नगर लाई नगरले बिद्यालयलाई देखाउदै खत्रीलाई सभापती बनाउने खेलमा लागेका छन् । यस बिषयमा निर्वाचन अधिकृत प्रमेश्वर शाही खत्रीलाई संरक्षण गर्दै आएको स्थानीयको आरोप छ । खत्री मात्र हैन क्याम्पसमा समानुपातीक सदस्यको उमेद्धवारी दिएकी दन्ता सिंह महादेव प्राबि बारेकोटको प्राबि शिक्षिका हुन् । गापाको अनुदानमा कार्यरत सिंह स्ववीयू निर्वाचनको उमेदवार बनेकि छन् । शक्ति र सक्ताको आडमा हार्ने अवस्था देखेपछि जालझेल गर्दै आएको नेकपा एमालेका उपसचिव गोपाल नेपालीले बताए ।