२०८३ वैशाख २७ , आइतबार

सल्यानमा किराना पसलमा आगलागी हुँदा पाँचजना घाइते



फाईल तस्बिर

सल्यान । सल्यानको कुमाख गाउँपालिका–४ भण्डारखोलाको एक पसलमा आगलागी हुँदा पाँचजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार ​गएराति शंकर रानाको किराना पसलमा एक्कासि आगलागी हुँदा पाँचजना घाइते भएको हो ।

आागलागीमा परी पसल सञ्चालक कुमाख गाउँपालिका–४ भण्डारखोलाका २४ वर्षीय शंकर राना, २६ वर्षीय यज्ञ राना, २१ वर्षीय जीवन राना, २० वर्षीय संजिव शाह र १८ वर्षीय क्षेत्रमणी राना रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए ।​

घाइतेको मिसन अस्पताल रुकुम चौरजहारीमा उपचारपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज बाँके रेफर गरिएको उनको भनाइ छ । घाइते पाँच जनामध्ये शंकर, यज्ञ जीवन र सञ्जीवको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ चैत ७ गते मंगलबार