२०८३ वैशाख २७ , आइतबार

कर्णाली प्रदेश कराँते महासंघको अध्यक्षमा मल्ल निर्वाचित



सुर्खेत । कर्णाली प्रदेश कराँते महासंघको अध्यक्षमा हेमन्त मल्ल ठकुरी निर्वाचित भएका छन् । बुधबार वीरेन्द्रनगरको सुर्खेतमा सम्पन्न महासंघको प्रथम अधिवेशनबाट ठकुरी अध्यक्षमा निर्वाचित भएका हुन् ।

यस्तै महासंघको उपाध्यक्षमा हेमा खड्का निर्वाचित भएकी छन् । खड्का महासंघको पूर्वस्थायी कमिटी सदस्य हुन् । अधिवेशनले केन्द्रीय प्रतिनिधिसँगै दुई सदस्यीय सल्लाहकार समितिसमेत गठन गरेको छ ।

निर्वाचित भएलगत्तै उपाध्यक्ष खड्काले खेलाडी उत्पादन आफ्नो प्राथमिकतामा रहेको बताइन् । कराँते खेललाई आगामी १०औं राष्ट्रिय खेलकुदमा पदकलक्षित बनाउन विभिन्न उपाय अपनाएर काम गर्ने बताइन् ।

उपाध्यक्ष खड्काले कराँते खेलबाट कर्णालीका हरेक ठाउँमा हुने लैङ्गिक हिंसाविरुद्ध सचेतना वृद्धि गर्ने लक्ष्य आफूले राखेको बताइन् । उनले प्रशस्त प्रतियोगिताका लागि सरकारसँग बजेट माग गर्ने तथा मार्सल आर्टलाई जीवनपद्दतिसँग जोडेर स्वस्थ समाज निर्माण गर्न लागिपर्ने प्रतिबद्धता जनाइन् ।

प्रकाशित मिति : २०७९ चैत ८ गते बुधबार