२०८३ वैशाख २६ , शनिबार

मुगु केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प



मुगु। मुगुको भिई केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको भिई केन्द्रबिन्दु भएर शुक्रबार बिहान ९ बजेर ५१ मिनेट जाँदा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको हो ।

 

भूकम्पको धक्का सुदूरपश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो । पछिल्लो समय नेपालको पूर्व तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दू भएर भूकम्प जाने क्रम बढेको छ ।

प्रकाशित मिति : २०७९ चैत १० गते शुक्रबार