२०८३ असार ११ , बिहीबार

वीरेन्द्रनगरमा टिप्पर पल्टिदा एक जनाको मृत्यु



तस्बिर मोट ग्याङ्ग नेपालको फेसवुक पेजबाट

सुर्खेत । टिप्पर पल्टिदा वीरेन्द्रनगरमा एक जनाको मृत्यु भएको छ । आईतवार बिहान १०ः५५ बजेको समयमा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ को तारेभिर नजिकै बाङ्गेसिमलदेखि ल्याण्डफिल्ड साइट जाने सडक निर्माणको क्रममा ढुंगा लिएर जाँदै गरेको भे १ ख २२०५ नम्बरको टिप्पर सडक किनारामा पल्टिदा वीरेन्द्रनगर–२ का चालक ३२ वर्षीय उमेश विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

 

ढुंगा झार्ने क्रममा टिप्पर अनियन्त्रित हुँदा विक च्यापिएको प्रहरीको भनाई छ । चालकको शव निकाल्ने काम भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर शाहीले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ चैत १२ गते आइतबार