२०८३ वैशाख २७ , आइतबार

एमाले सुर्खेतका उपसचिव दुर्घटनामा घाइते



सुर्खेत । सुर्खेतमा ट्रकको ठक्करबाट दुई जना घाईते भएका छन् । बुधवार बिहान वीरेन्द्रनगबाट बराहताल गाउँपालिकाको हुड्के नजिकै तर्फ जाँदै गरेको अवस्थामा कर्णाली प्रदेश ०४४९ नम्बरको मिनी ट्रकले नेकपा एमाले सुर्खेतका उपसचिव घनश्याम पाण्डे र रंजित सिंहलाई ठक्कर दिँदा उनीहरु घाईते भएको प्रहरीले जनाएको छ । मंगलवार मिसन ग्रासरुट अभियानको क्रममा सुर्खेतको बराहताल गाउँपालिकाबाट फर्कदा पाण्डेको मोटरसाईकल बिग्रेको थियो ।

 

बिग्रेको मोटरसाईकल मर्मतको लागि बुधवार बिहान वीरेन्द्रनगरबाट मिस्त्री लिएर जाँदै गर्दा उनीहरू बसेको मोटरसाईकललाई बराहताल गाउँपालिकाको गिरीघाट नजिक दिउँसो १ बजेतिर उक्त ट्रकले ठक्कर दिएको थियो ।घाईते पाण्डे र सिंहको वीरेन्द्रनगरस्थित कर्णाली केयर हस्पिटलमा उपचार भईरहेको छ । दुवै घाइते खतरामुक्त रहेको अस्पताल श्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७९ चैत १५ गते बुधबार