२०८३ वैशाख २७ , आइतबार

एसईईमा सहभागी विद्यार्थीलाई प्रधानमन्त्री प्रचण्डले दिए शुभकामना



सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसईईमा सहभागी विद्यार्थीलाई शुभकामना दिएका छन् । आजदेखि शुरु भएकाे  एसईईमा सहभागी भएका विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्दै प्रधानमन्त्री प्रचण्डले शुभकामना दिएका हुन् ।

 

उनले एसईईलाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन आआफ्नो ठाउँमा भूमिका खेल्न परीक्षासँग सम्बन्धित सबैमा आग्रह पनि गरेका छन् । एसईईमा यसवर्ष नियमित र ग्रेडवृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी भएका छन् । आजदेखि शुरु भएकाे परीक्षा चैत २९ गते सकिनेछ ।

प्रकाशित मिति : २०७९ चैत १७ गते शुक्रबार