
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेश सम्भावनाले भरिएको प्रदेश भए पनि हरेक दृष्टिकोणले पछि परेकाले विकास र परिवर्तनका क्षेत्रमा अग्रसर हुनुपर्ने बताएका छन् ।
उनले प्रदेश सभा दोस्रो कार्यकालको पहिलो अधिवेशनको नवौँ बैठकमा यस्तो बताएका हुन । सुशासन र पारदर्शिताका सन्दर्भमा कुनै पनि सम्झौता नगर्ने मुख्यमन्त्री शर्माको भनाई छ ।
मुख्यमन्त्री शर्माले प्रदेशमा भ्रष्ट्राचार न्यूनीकरण र सुशासनका सन्दर्भमा सरकार कटिबद्ध रहेको दाबी गरे । साथै उनले स्पष्टता र इमानदारीको राजनीति होस् भनेर आफुले पुनः विश्वासको मत लिने निर्णय गरेको समेत उल्लेख गरे ।
प्रकाशित मिति : २०७९ चैत १७ गते शुक्रबार