२०८३ वैशाख २७ , आइतबार

परीक्षण खेती गर्न किसानलाई कागजी बदामको बिरुवा वितरण



हुम्ला । हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका कृषि शाखाले परीक्षण खेती गर्नका लागि किसानलाई अनुदानमा कागजी बदामका बिरुवा वितरण गरिएको छ । सो बदाम तीन हजार दुई सय मिटर उचाईमा फल्ने भएको कारण गाउँपालिकाको कृषि शाखाले परीक्षणकै लागि बिरुवा वितरण गरेको हो ।

 

कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले पहिलो पटक परिक्षण खेतीका लागि कागजी बदामका ९अल्मोण्ड० बिरुवा किसानलाई वितरण गरिएको जानकारी दिए । शाखाबाट गाउँपालिका वडा २ को ठेहे, वडा ४ को बुराउसे र हिल्दुम र वडा ७ को डाँडाफयाका १५ जना किसानलाई बिरुवा वितरण गरिएको कृषि शाखा प्रमुख शाही लेबताए । शाखाले तीन सय बोट कागजी र बदाम रामेछाप जिल्लाबाट खरिद गरेर ल्याएको हो । प्रति किसान बीस बोट बिरूवा वितरण गरिएको छ ।

 

शाखाबाट लगिएका बिरुवा किसानहरुले रोपिसकेका छन् । परीक्षण खेती सफल भए उक्त बदामका बोटले पाँचदेखि छ वर्षमा फल दिन शुरू गर्नेछन् । दुई हजार चार सय मिटरदेखि तीन हजार दुई यस मिटर उचाईसम्म यसको खेती गरिन्छ । चिसापानी भएको ठाँउमा हुने भएकाले हुम्ला जिल्लामा पनि यस खेती राम्रो हुने विश्वास शाखाले लिएको छ ।

प्रकाशित मिति : २०७९ चैत १८ गते शनिबार