जाजरकोट । शिवालय गाउँपालिकाका १२ वटा विद्यालयमा करिब १५ जना शिक्षकको दरबन्दी रिक्त रहेको छ । शिवालय गाउँपालिका वडा १ देखि ८ सम्मका करिब १२ वटा सामुदायिक विद्यालय गरी १५ जनाको दरबन्दी रिक्त रहेको हाे ।
जसअन्तरगत वडा नम्बर १ को नेपाल राष्ट्रिय माध्यमिक विद्यालय स्यापी, वडा नम्बर २ को हिमालयदेवी आधारभुत विद्यालय डुङग्रामा, वडा नम्बर ३ को हनुमान प्रावि घोडाछालमा, वडा नम्बर ४ को सरस्वती मावि टाटागुहँलामा, वडा नम्बर ५ को हिमालय प्रावि काउँलामा, वडा नम्बर ६ को ईन्द्रज्योती मावि थालारैकरमा, मालिका प्रावि सुंगरखालमा, वडा नम्बर ७ को चन्द्रज्योती आधारभुत विद्यालय भिउँसमा र वडा नम्बर ८ को कालिका प्रावि नान्नेमा एक/एक जना गरी ९ जनाको दरबन्दी रिक्त रहेको शिवालय गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ ।
यस्तै, वडा नम्बर २ को कालिका प्रावि डुङग्रामा, वडा नम्बर ६ को सरस्वती मावि रोकायजाँत र वडा नम्बर ७ को चन्द्रज्योती आधारभुत विद्यालय भिउँसमा दुई/दुई जना गरी ६ जनाको दरबन्दी रिक्त रहेको छ । शिक्षक अभाव भएपछि शिक्षा विकास तथा समन्वय एकाइ जाजरकोटले रिक्त शिक्षक दरबन्दी पूर्ति गर्न माग गरेको छ ।

