
धनुषा। धनुषाको एक परीक्षा केन्द्रमा नेपाली विषयको प्रश्नपत्र पुग्नुपर्ने ठाउँमा विज्ञान विषयको प्रश्नपत्र पुगेको छ । रामप्रसाद माविमा नेपाली विषयको प्रश्नपत्र नपुगेर विज्ञान विषयको प्रश्नपत्र पुगेको हो ।
खामको माथि नेपाली लेखिए पनि भित्र विज्ञान विषयको प्रश्नपत्र भेटिएको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । पहिलो दिन अंग्रेजी विषयको परीक्षामा पनि प्राविधिक त्रुटिको कारण यस्तै समस्या भएको थियो ।
प्रकाशित मिति : २०७९ चैत २० गते सोमबार