२०८३ असोज १९ , सोमबार

ग्यास अभावले बढायो विद्युतीय चुलोको आयात



काठमाडौँ  । पछिल्लो समय ग्यासको आपूर्ति अनियमित हुँदै अभाव बढेपछि उपभोक्ताको आकर्षण विद्युतीय चुलोतर्फ बढेको छ । माग बढेसँगै बजारमा विद्युतीय चुलोको मूल्यसमेत बढ्न थालेको छ । ग्यास पाइने–नपाइने अनिश्चितताका कारण उपभोक्ताले खाना पकाउने वैकल्पिक माध्यमका रूपमा विद्युतीय चुलो रोज्न थालेको व्यवसायी बताउँछन् ।

भन्सार विभागको २०८३र८४ को पहिलो दुई महिना साउन र भदौमा मात्रै खाना पकाउने विद्युतीय उपकरण इन्डक्सन चुलो, इन्फ्रारेडदेखि राइस कुकरको आयात बढेको देखिन्छ । चालु आर्थिक वर्षको दुई महिनामा ४ करोड ३७ लाख ८० हजार रुपैयाँ बराबरको इन्डक्सन चुलो आयात भएको विभागको तथ्यांक छ । जसमा १९ हजार ५ सय ८ थान चुलो आयात भएको हो । त्यस्तै ८ करोड ७५ लाख ३७ हजार रुपैयाँको ४१ हजार २ सय २९ थान इन्फ्रारेड चुलो आयात भएको विभागले जनाएको छ ।

गत आर्थिक वर्षको पहिलो दुई महिनामा २ करोड ५७ लाख २९ हजार रुपैयाँका ११ हजार ६ सय ६३ थान मात्रै इन्डक्सन चुलो आएका थिए । इन्फ्रारेड चुलो भने २ करोड ४६ लाख ८५ हजार रुपैयाँको १३ हजार ५ सय ६७ थान आयात भएको विभागको तथ्यांक छ ।

 

प्रकाशित मिति : २०८३ असोज १९ गते सोमबार