२०८३ असोज १८ , आइतबार

राष्ट्रसेवक सहकारीको नेतृत्वमा पंगेनी



सुर्खेत । राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, सुर्खेतले नयाँ नेतृत्व पाएको छ। संस्थाको २८औँ वार्षिक साधारणसभाबाट कृष्णप्रसाद पंगेनी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्।

वीरेन्द्रनगरमा शनिबार सम्पन्न साधारणसभाले पंगेनीको नेतृत्वमा नौ सदस्यीय सञ्चालक समिति गठन गरेको हो। समितिको उपाध्यक्षमा रामचन्द्र गौतम, सचिवमा खेमराज उपाध्याय तथा कोषाध्यक्षमा प्रकाश खड्का चयन भएका छन्।

त्यस्तै, सञ्चालक समिति सदस्यमा मयाराम शर्मा, पार्वती पाण्डे, निर्मला भट्टराई, पद्मा कुमारी कार्की र नरबहादुर सार्की चयन भएका छन्।

साधारणसभाले संस्थाको लेखा सुपरिवेक्षण समितिसमेत गठन गरेको छ। जसको संयोजकमा चन्द्रप्रकाश कंडेल तथा सदस्यमा राजनकुमार तिवारी र अर्चना शर्मा चयन भएका छन्।

साधारणसभाबाट नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति सर्वसम्मत चयन गरिएको हो।

प्रकाशित मिति : २०८३ असोज १८ गते आइतबार