
सुर्खेत । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुव्वा गुरुङले दक्षिणपन्थी गठबन्धनको सरकारबाट विकासको कुनै सम्भावना नभएको बताएका छन् । सुर्खेत विमानस्थलमा मंगलवार पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
उपमहासचिव गुरुङले नेकपा एमाले सरकार बनाउने र ढाल्ने पक्षमा नरहेको समेत दाबी गरे । उनले सरकारले आफ्नो हनिमुन पिरियड मन्त्रिमण्डल समेत बिस्तार गर्न नसकेको भन्दै आलोचना गरे ।
उनले भने, ’देशको आर्थिक, सामाजिक क्षेत्र निकै कमजोर भइरहेको छ, तर सरकारले ध्यान दिएको छैन । एमालेसामु यस्ता खालका विषयमा रचनात्मक कामहरू गर्ने जिम्मेवारी रहेको छ ।’
भीम रावलको विवादबारे उनले ग्रासरुट अभियान र निर्वाचनमा असहयोग भएको बताए । रावललाई मूल प्रवाहमा ल्याउनका लागि वार्ता टोली बनाइएको उनले बताए ।
प्रकाशित मिति : २०७९ चैत २१ गते मंगलबार